नियम ४१
कोषको “सञ्चालन
(१) ऐनको दफा ५१ बमोजिम नेपाल सरकारले मुलुकको औच्योगिक लगानी प्रवर्द्धन तथा संरक्षणको लागि एक औद्योगिक तथा लगानी प्रवर्द्धन कोषको स्थापना गर्नेछ।

(२) उपनियम (१) बमोजिमको कोषमा (ऐनको दफा ५१ को उपदफा (२) बमोजिमको रकम रहनेछ र त्यस्तो रकम बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित: कानूनबमोजिम इजाजतपत्र प्राप्त "क" वर्गको कुनै वाणिज्य: बैङ्कमा खाता खोली जम्मा गरिनेछ।

(३) उपनियम (१) बमोजिमको कोषको खाता सञ्चालन मन्त्रालयको सचिवले तोकेको अधिकृत स्तरको कर्मचारी र मन्त्रालयको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।

(४) उपनियम (१) बमोजिमको कोषमा रहने रकम ऐनको दफा ५१ को उपदफा (३) बमोजिमको कार्यमा खर्च गर्दा कोषको स्वीकृत वार्षिक कार्यक्रमको अधीनमा रही खर्च गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम कोषको रकमबाट खर्च गर्नको लागि वार्षिक कार्यक्रमको छनौट गर्दा नेपाल सरकार, प्रदेश सरकार वां स्थानीय तहबाट सञ्चालित कार्यक्रममा दोहोरो नपर्ने गरी छनौट गर्नु पर्नेछ।